Kathmandu Press

दोलखाका जलविद्युत आयोजनाहरू सीमित व्यक्तिको कमाइको धन्दा बनेका छन् : सांसद सेन्चुरी

दोलखाका जलविद्युत आयोजनाहरू सीमित व्यक्तिको कमाइको धन्दा बनेका छन् : सांसद सेन्चुरी

काठमाडौं, वैशाख ३० : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेन्चुरीले दोलखाको बहुमूल्य जलविद्युत आयोजना सीमित व्यक्तिको कमाइको माध्यम बन्दै गएको आरोप लगाएकी छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दोलखास्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको कालिञ्चोक जस्तो सार्वजनिक सम्पदामाथि स्वार्थको ‘सेण्डिकेट’ लागेको टिप्पणी गरिन्।

‘हाम्रा बहुमूल्य जलविद्युत आयोजनाहरु मुठीभर व्यक्तिका कमाउको धन्दा बनेको छन् । हाम्रो आस्थाको धरोहर कालिञ्चोक जस्तो सार्वजनिक सम्पदामाथि स्वार्थको सेण्डिकेट लागेको छ,’ उनले भनिन्।

सांसद सेन्चुरीले वर्षौंदेखि अलपत्र अवस्थामा रहेको तामाकोशी पुल दोलखावासीका लागि घाउ बनेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइन्।

‘वर्षौंदेखि अलपत्र अवस्थामा रहेको तामाकोशी पुल दोलखावासीका लागि घाउ बनेको छ ।दोलखाको यो चित्कारलाई फाइलमा मात्रै होइन, कार्यान्वयनको मैदानमा पनि सम्बोधन गरियोस्,’ उनले भनिन्।

प्रकाशित मिति: १४:१४ बजे, बुधबार, वैशाख ३०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्