Kathmandu Press

मल अभाव, उखु किसानको भुक्तानी र सीमावर्ती समस्या समाधान गर्न सांसद खनालको माग

‘वर्षात सुरु भएको छ तर किसान मलको अभावले पीडित छन्। उखु किसानहरु भोली भन्ने शब्दबाट आक्रान्त छन्। किनकी मिलमा भुक्तानि माग्न जाँदा भोली आउनु भनिन्छ तर त्यो भोली कहिल्यै आउँदैन,’ उनले भने।
मल अभाव, उखु किसानको भुक्तानी र सीमावर्ती समस्या समाधान गर्न सांसद खनालको माग

काठमाडौं, वैशाख ३० : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम खनालले किसानहरूले मल अभाव, उखु भुक्तानी तथा सीमावर्ती क्षेत्रका बैंकिङ समस्याबाट सास्ती खेपिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्षात् सुरु भइसके पनि किसानहरूले अझै मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

Hardik ivf

‘वर्षात सुरु भएको छ तर किसान मलको अभावले पीडित छन्। उखु किसानहरु भोली भन्ने शब्दबाट आक्रान्त छन्। किनकी मिलमा भुक्तानि माग्न जाँदा भोली आउनु भनिन्छ तर त्यो भोली कहिल्यै आउँदैन,’ उनले भने।

त्यस्तै उनले सीमावर्ती क्षेत्रका किसानले बैंकबाट ऋण लिन खोज्दा गुगल नक्सामा भारतीय भूभाग देखिने कारण देखाएर त्यहाँको जग्गा धितो स्वीकार नगर्ने समस्या रहेको पनि बताए। त्यस कारण किसानहरू साहुसँग ऋण लिन बाध्य भइरहेको र मिटरब्याजको मारमा परेको उनको भनाइ थियो।

उनले सेवा प्रवाहलाई प्रभावकारी बनाउन, सीमासम्बन्धी समस्या समाधान गर्न तथा किसानले सुशासनको अनुभूति गर्ने वातावरण बनाउन सरकारसँग माग गरे।

उनले भने,‘बैंकमा ऋण लिन जाँदा गुगल नक्सामा भारत देखिन्छ भन्दै सिमाना नजिकको जग्गा धितो स्वीकार गरिँदैन् । त्यसैले किसानहरु साहुसँग ऋण लिन बाध्य छन् । मिटरब्याजको मारमा परेका छन् । यो समस्या कहिले सम्म रु सरकारले सेवा प्रवाह प्रभावकारी बनाउँदै सिमाना समस्या समाधानगरी सुशासनको अनुभूति गराओस् भन्ने ध्यानाकर्षण गराउँछु ।’

प्रकाशित मिति: १३:१० बजे, बुधबार, वैशाख ३०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्