Kathmandu Press

बादलको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ

थापाले मंगलबार बोलेको विषयमा रास्वपा सांसद मनिष खनालले आज पनि रेकर्डबाट हटाउन माग गरेका थिए। 
बादलको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ

काठमाडौं, वैशाख ३० : नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले मंगलबारको प्रतिनिधिसभा बैठकमा बोलेको विषय संसद्को रेकर्डबाट हटाउन सभामुखले रुलिङ गरेका छन्। 

थापाले मंगलबार बोलेको विषयमा रास्वपा सांसद मनिष खनालले आज पनि रेकर्डबाट हटाउन माग गरेका थिए। 

खनालले बोलिसक्ने वित्तिकै एमालेका सांसद ऐन महरले बोल्न समय मागे। तर, सभामुखले समय दिएनन्। 

सभामुख अर्यालले हिजोको कुरामा आफ्नो धारणा राख्न बाँकी भएको बताए। र, महरलाई बस्ने अग्रह गरे। 

लगत्तै सभामुख अर्यालले नीति तथा कार्यक्रममाथि बोल्दै बादलले राखेको अभिव्यक्ति रेकर्डबाट हटाउन रुलिङ गरे।

प्रकाशित मिति: १३:०८ बजे, बुधबार, वैशाख ३०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्