सदनमा प्रतिपक्षीको अवरोध, सदनमा प्रधानमन्त्री खाेज्दै मागे राजीनामा
सभामुख डिपी अर्यालले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्न प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई समय दिएलगत्तै विपक्षी दलहरुले उठेर संसदमा अवरोध गरेका थिए।
काठमाडौं, वैशाख ३० : प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेका छन्।
सभामुख डिपी अर्यालले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्न प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई समय दिएलगत्तै विपक्षी दलहरुले उठेर संसदमा अवरोध गरेका थिए।
लगत्तै समभामुख अर्यालले बोल्न खोजे । त्यसपछि विपक्षी सांसदहरुले संसदमा प्रधानमन्त्री चाहियो भन्दै नाराबाजी गरेका थिए।
उनीहरुले प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन्।
अहिले पनि संसदमा अवरोध जारी छ।
प्रकाशित मिति: १२:५१ बजे, बुधबार, वैशाख ३०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार