प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति सांसद राईको आपत्ति
‘सासदहरुले सदनमा प्रधानमन्त्रीको उपस्थिति खोज्नु भयो। आज पनि अवस्था उस्तै छ । सदनमा प्रधानमन्त्रीको उपस्थिति छैन। आफैँले बनाएको नीति तथा काय क्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा कार्य सूचि आज देखिएको छ । तर सदनमा प्रधानमन्त्रीलाई देखेनाैं,’ उनले भने।
काठमाडौं, वैशाख ३० : सांसद निस्कल राईले प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति आपत्ति जनाएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सदनमा प्रधानमन्त्रीको उपस्थिति खोजिएको भए पनि आज पनि प्रधानमन्त्री उपस्थित नभएको बताए।
‘सासदहरुले सदनमा प्रधानमन्त्रीको उपस्थिति खोज्नु भयो। आज पनि अवस्था उस्तै छ । सदनमा प्रधानमन्त्रीको उपस्थिति छैन। आफैँले बनाएको नीति तथा काय क्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा कार्य सूचि आज देखिएको छ । तर सदनमा प्रधानमन्त्रीलाई देखेनाैं,’ उनले भने।
सांसद राईले संसदको गरिमा र प्रतिष्ठा जोगाउने जिम्मेवारी सभामुखको भएको उल्लेख गर्दै सभामुखले सदनको इज्जत कायम राख्न नसके कसैले पनि संसदको गरिमा बढाउन नसक्ने धारणा राखे।
‘सभाको गरीमा बढाउने र इज्जत जोगाउने सभामुखको हो । सभामुखले सभाको इज्जत राख्न सक्नु भएन भने कसैले पनि सभाको गरीमा बढाउन सक्दैनन् । सभामुख मार्फत तत्काल प्रधानमन्त्रीलाई सदनमा बोलाउन आग्रह गर्दछु,’ उनले भने।
उनले सभामुखमार्फत तत्काल प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन आग्रह समेत गरे।