रास्वपाको महाधिवेशन असार ७–९ सम्म चितवनमा हुने
आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन हुने रास्वपा सचिवालय सदस्य तथा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए।
काठमाडौं, वैशाख ३० : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले महाधिवेशनको मिति तय गरेको छ।
आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन हुने रास्वपा सचिवालय सदस्य तथा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए।
आज पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तोकेको हो।
यसअघि पार्टीले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो।
प्रकाशित मिति: १२:०५ बजे, बुधबार, वैशाख ३०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार