Kathmandu Press

नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेनले जवाफ नदिने

यसअघि नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले जाफव दिने गरेको भए पनि यो पटक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिनेछन्।
नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेनले जवाफ नदिने

काठमाडौं, वैशाख ३० : प्रधानमन्त्री बालेन शाहले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ नदिने भएका छन्।

यसअघि नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले जाफव दिने गरेको भए पनि यो पटक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिनेछन्।

Hardik ivf

संसदको सम्भावित कार्यसूचीमा भनेप्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची थियो। तर, पछि त्यसलाई हटाउँदै अर्थमन्त्रीले दिने भनिएको छ। 

संसदमा नीति तथा कार्यक्रममाथि छलफल गरेर आजै त्यसलाई पारित गर्ने कार्यतालिका छ। 

प्रकाशित मिति: ११:५९ बजे, बुधबार, वैशाख ३०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्