काठमाडौं महानगरपालिकाले खुलायो छात्रवृत्तिका लागि आवेदन
छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएकाले आवेदन माग गरिएको महानगरपालिकाले जनाएको छ ।
काठमाडौं, वैशाख ३० : काठमाडौं महानगरपालिकाअन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११, १२ का लागि छात्रवृत्तिमा अध्ययनका लागि आवेदन माग गरेको छ ।
छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएकाले आवेदन माग गरिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सकिनेछ । अनलाइन आवेदन जेठ १ गतेदेखि १० सम्म दिन सकिनेछ । छात्रवृत्तिका लागि परीक्षा जेठ १७ गते हुनेछ ।
परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिनेछ ।

प्रकाशित मिति: ०८:०२ बजे, बुधबार, वैशाख ३०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार