Kathmandu Press

कोरोनाबाट बेलायतमा थप एक जना पूर्वगोरखा सैनिकको मृत्यु 

काठमाडौं, जेठ १५ : कोरोनाबाट बेलायतमा थप एक भुपु गोरखा सैनिकको निधन भएको छ। बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा निधन ....

कोरोनाबाट बेलायतमा थप एक जना पूर्वगोरखा सैनिकको मृत्यु 

काठमाडौं, जेठ १५ : कोरोनाबाट बेलायतमा थप एक भुपु गोरखा सैनिकको निधन भएको छ। बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा निधन भएको उनका आफन्त बलु राईले जानकारी दिएका छन्।

पुर्ख्याैली घर खोटाङ भइ उदयपुर बसाइँसराइ गरेका राई लामो समयदेखि बेलायत बस्दै आएका थिए। शुरुमा कोरोनाको लक्षण देखिएपछि घरमै आइसोलेसनमा बस्न अस्पतालले सुझाएको थियो।

घरमा १४ दिनसम्म बस्दा पनि ठीक नभएपछि पाँच हप्ता अगाडि उनलाई एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो। घर नजिककैको बासिल्डन अस्पतालको सघन उपचारकक्षमा एक महिना पाँच दिन राखेर उपचार गर्दासमेत कुनै सुधार भएको थिएन।

उनका तीन छोरा बेलायतमा र श्रीमती नेपालमै छन्। हालसम्म बेलायतमा कोरोनाबाट निधन हुने नेपालीको संख्या ६५ पुगेको छ भने राईसहित भुपु गोरखा सैनिकको संख्या ५४ पुगेको छ। रासस

प्रकाशित मिति: ०७:१२ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्