Kathmandu Press

‘सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण’

उनले संसदमा लोकतन्त्र र यसको खुला बहसशैली अनुकुल नभएको भन्दै सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य आफूहरुलाई सुखद नलागेको बताए।
‘सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण’

काठमाडौं, वैशाख २९ : प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण रहेको टिप्प्णी गरेका छन्।

मंगलबार बसेको बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले संसदमा लोकतन्त्र र यसको खुला बहसशैली अनुकुल नभएको भन्दै सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य आफूहरुलाई सुखद नलागेको बताए।

Hardik ivf

‘नसुनिने संवेदनशीलहीन शैली संसदमा लोकतन्त्र र यसको खुला बहसशैली अनुकुल देखिएन। सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य हाम्रा लागि त्यति सुखद लागिरहेको छैन। कांग्रेस ठूला गफ गर्ने तर कामले परिणाम दिन नसक्ने शैलीको पनि समर्थक होइन्,’ उनले भने, ‘जनतासँग खुलस्त बहस गर्नु एउटा लोकतान्त्रिक सरकार र नेताको प्राथमिक कर्तव्य हो। लोकतन्त्र बन्द कोठाको शासन होइन । यो खुला र सरल प्रकृया हो।’

उनले सरकारले लोकप्रियतावादी घोषणापत्र मात्रै प्रस्तुत गरेको भन्दै सरकार आफ्ना जिम्मेवारीप्रति गम्भीर नभएको धारणा राखे।

प्रकाशित मिति: १४:५७ बजे, मंगलबार, वैशाख २९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्