सकारले जेनजी आन्दोलनका शहीद र घाइतेको योगदान बिर्संदै गयो : संसद खतिवडा
उनले सरकारले जेनजी आन्दोलनमा बलिदान दिएका नागरिकको योगदान बिर्सिदै गएको भन्दै आन्दोलनका क्रममा निर्दोष जनतामाथि गोली चलाउने दोषीहरूलाई कानुनी कठघरामा ल्याउन माग गरिन्।
काठमाडौं, वैशाख २९ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका शहीद र घाइतेप्रति सरकारले अझै न्याय दिन नसकेको बताएकी छिन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले जेनजी आन्दोलनमा बलिदान दिएका नागरिकको योगदान बिर्सिदै गएको भन्दै आन्दोलनका क्रममा निर्दोष जनतामाथि गोली चलाउने दोषीहरूलाई कानुनी कठघरामा ल्याउन माग गरिन्।
उनले युवाहरूको सपना र भविष्यमा आक्रमण गर्ने दोषीलाई कहिले सर्वसाधारणलाई राख्ने जेलमा देख्न पाइन्छरु भनेर प्रश्न समेत गरिन्।
‘आज देश परिवपर्तनको नयाँ चरणमा पुगेको छ । तर जुन जेनजी आन्दोलनको शहीद तथा घाइतेको रगतमा टेकेर जनादेश आएको थियो, उनीहरुलाई विर्सिदै गएका हौं? शहीद परिवार र घाइतेको मनमा न्यायको मलम अझै लागेको छैन,’ उनले भनिन्, ‘सदनमार्फत म यो प्रश्न गर्न चाहन्छु–के निर्दोष जनतामाथि गोली चलाएर युवाहरुको सपना र भविष्यमाथि आक्रमण भएको छ, ति दोषिलाई जेलमा देख्न पाउँछौं?’
उनले न्यायपालिकाप्रति पनि असन्तुष्टि व्यक्त गर्दै न्यायालयमा शुद्धीकरण आवश्यक रहेको बताइन्।












