Kathmandu Press

संसद्‌मा राष्ट्रपति बोल्दाबोल्दै प्रधानमन्त्री उडेर हिंडेको विषयमा कांग्रेसले माग्यो जवाफ

‘लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो देखियो। राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू संसद्बाट बाहिरिनु यो केवल सामान्य दृश्य होइन,’ उनले भनिन्।
संसद्‌मा राष्ट्रपति बोल्दाबोल्दै प्रधानमन्त्री उडेर हिंडेको विषयमा कांग्रेसले माग्यो जवाफ

काठमाडौं, वैशाख २९ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद् प्रधानमन्त्री बालेन शाह बैठकबाट बाहिरिएको घटनामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको जवाफ माग गरेको छ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस चसेतक वासना थापाले लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य संसद्मा देखिएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरिन्। 

Hardik ivf

‘लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो देखियो। राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू संसद्बाट बाहिरिनु यो केवल सामान्य दृश्य होइन,’ उनले भनिन्।

उनले संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायीत्व र सरकारको गम्भीरता हुनुपर्ने बताइन्। उनले यस्तो घटनाको पुनरावृत्ति नहोस् भनेर सचेत पनि गराइन्।

‘यस विषयमा स्पष्ट जवाफ दिइयोस्। यस्ता घटनाको पुनरावृत्ति नहोस् । लोकतन्त्रमा पदभन्दा ठूलो कुरा मर्यादा र मर्यादाभन्दा ठूलो कुरा जनविश्वास हो भन्ने कुरामा ध्यान जओस्,’ उनले भनिन्, ‘प्रतिपक्षी दलको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको जवाफको माग गर्दछु।’

प्रकाशित मिति: १३:४२ बजे, मंगलबार, वैशाख २९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्