कांग्रेस कार्यसमिति विस्तारप्रति डा.कोइरालाको असन्तुष्टि, बृहत्तर एकतामा ठेस पुगेको निष्कर्ष
मंगलबार सम्पर्क कार्यालय विशालनगरमा आफू निकटका नेता कार्यकर्ताहरुसँगको छलफलपछि डा.कोइरालाले पार्टीको समग्र एकता नभइ राष्ट्रिय राजनीतिमा सकृय र सार्थक भूमिका खेल्न नसक्ने पनि उल्लेख गरेका छन्।
काठमाडौं, वैशाख २९ : नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले बिना परामर्श नेपाली कांग्रेस केन्द्रीय समिति बिस्तारप्रति असन्तुष्टि जनाएका छन्।
मंगलबार सम्पर्क कार्यालय विशालनगरमा आफू निकटका नेता कार्यकर्ताहरुसँगको छलफलपछि डा.कोइरालाले पार्टीको समग्र एकता नभइ राष्ट्रिय राजनीतिमा सकृय र सार्थक भूमिका खेल्न नसक्ने पनि उल्लेख गरेका छन्।
पार्टी सभापति गगन थापाले बैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको उनको निष्कर्ष छ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि नविकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा नै पार्टीको १५औं महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा सम्पन्न गरिनुपर्ने पनि डा.कोइरालाले उल्लेख गरेका छन्।
प्रकाशित मिति: १३:१८ बजे, मंगलबार, वैशाख २९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार