Kathmandu Press

बजेटको सिद्धान्त तथा प्राथमिकता बिहीबार संसदमा पेश हुने

बिहीबार अर्थ समितिको बैठकमा उपस्थित भएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटको सिद्धान्त तथा प्राथमिकता बिहीबार बस्ने संसदमा पेश हुने बताए। 
बजेटको सिद्धान्त तथा प्राथमिकता बिहीबार संसदमा पेश हुने

काठमाडौं, वैशाख २९ : आगामी बजेटको सिद्धान्त तथा प्राथमिकता बिहीबार बस्ने संसद बैठकमा पेश हुने भएको छ।

बिहीबार अर्थ समितिको बैठकमा उपस्थित भएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटको सिद्धान्त तथा प्राथमिकता बिहीबार बस्ने संसदमा पेश हुने बताए। 

उनले सो सिद्धान्त तथा प्राथमिकतामा सांसदहरुले दिने सुझावलाई अर्थ मन्त्रालयले बजेटमा समावेश गर्ने बताए।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रसँग धेरैजसो सम्बन्धित रहेको बताए।

बजेट सार्वजनिक हुनुभन्दा १५ दिन अगाडि नै बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्नुपर्ने प्रावधान छ।

प्रकाशित मिति: १२:५२ बजे, मंगलबार, वैशाख २९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्