लेखा समितिको बैठक एक महिनापछि बस्यो
सिंहदरवारस्थित समितिको सभाकक्षमा जारी बैठकमा समितिका सचिव एकराम गिरीले लेखा समितिकै कार्यक्षेत्रबारे प्रस्तुतीकरण गरेका छन्।
काठमाडौं, वैशाख २९ : संसदीय समिति गठनको एक महिनापछि प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बसेको छ।
सिंहदरवारस्थित समितिको सभाकक्षमा जारी बैठकमा समितिका सचिव एकराम गिरीले लेखा समितिकै कार्यक्षेत्रबारे प्रस्तुतीकरण गरेका छन्।
२१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन भएपछि, २७ चैतमै संसदीय विषयगत समिति गठन भएका थिए। वैशाख ४ गते सबै समितिले सभापति पाए । नेतृत्व पाएपछि अन्य केही संसदीय समितिका बैठक बसेका थिए। कांग्रेसका भरतबहादुर खड्का सभापति चयन भएपछि सार्वजनिक लेखा समितिको बैठक भने मंगलबार पहिलो पटक बसेको हो।
समितिका सचिव गिरीका अनुसार सार्वजनिक लेखा समितिको कार्यक्षेत्रमा सार्वजनिक लेखा, महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र सम्बद्ध विषय तथा निकायहरू भनेर तोकिएको छ।
प्रकाशित मिति: ११:५३ बजे, मंगलबार, वैशाख २९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार












