Kathmandu Press

कसैको इतिहास मेट्न होइन सबैको सुरक्षित गर्न सदस्यता अद्यावधिक गर्न खोजेका हौं : महामन्त्री पौडेल

‘एक अग्रज नेताले बिपीबाट लिएको सदस्यताको इतिहास मेट्न खोजिएको भनेर अन्तरवार्ता दिनुभएको सुनें,’ उनले भने, ‘म उहाँलाई आदरपूर्वक आग्रह गर्न चाहन्छु। तपाईँको इतिहास मेट्न होइन सुरक्षित गर्न खोजेका हौँ।’
कसैको इतिहास मेट्न होइन सबैको सुरक्षित गर्न सदस्यता अद्यावधिक गर्न खोजेका हौं : महामन्त्री पौडेल

सुर्खेत, वैशाख २९ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कसैको इतिहास मेट्न नभै सबैको इतिहास सुरक्षित गर्न सदस्यता अद्यावधिक गर्न थालिएको बताएका छन्। 

सुर्खेतमा आयोजित कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा स्थानीय तह केन्द्रीत प्रशिक्षणमा सम्बोधन गर्दै सदस्यता व्यवस्थापन समितिका संयोजक समेत रहेका उनले पहिल्यै सदस्यता लिएकाहरूले इतिहास मेट्न खोजेकोमा सशंकित नहुन आग्रह गरे। 

‘एक अग्रज नेताले बिपीबाट लिएको सदस्यताको इतिहास मेट्न खोजिएको भनेर अन्तरवार्ता दिनुभएको सुनें,’ उनले भने, ‘म उहाँलाई आदरपूर्वक आग्रह गर्न चाहन्छु। तपाईँको इतिहास मेट्न होइन सुरक्षित गर्न खोजेका हौँ।’

Hardik ivf

इतिहास कसैले नबिर्सने गरी डिजिटल कृत गरिने उनले बताए। महामन्त्री पौडेलले देशमा चुनाव लडेको १६५ मध्ये १७ क्षेत्रमा क्रियाशील सदस्य बराबर मत समेत पाउन नसकिएको भन्दै यस आधारमा क्रियाशिललालाई नयाँ ढंगबाट अद्यावधिक गर्न जरुरी ठानेको बताए।

‘यसपाली चुनावमा पहिले जति आमसमा भएन, जुलुश भएन, फोटो टाँसिएन। तर प्रचारै नगरी कसैले चुनाव जितेको होइन। फेरिएको प्रचारको तरिका हामीले त्यो आत्मसाथ गर्न सकेनौँ,’ उनले भने,‘हिजोको शैलीले प्रचार गरेर जित्न सकिँदैन भनेरै सदस्यलाई डिजिटल फ्रेममा आबद्ध गर्न खोजेका हौँ।’

अद्यावधिक गर्दा नबनेका सदस्यलाई बनाउन नखोजिएको र एकलौटी रूपमा मनपरी गर्न पनि नखोजेर भएको इतिहास सुरक्षित गर्न खोजेको उनले बताए। 

उनले अबको डिजिटल प्रणालीका सदस्यले नीतिगत परिवर्तनका सवालमा पार्टी र नेतृत्वलाई सिधै प्रविधिका माध्यमबाट सुझाव दिन सक्ने उनले बताए। 

‘जरालाई केन्द्र र केन्द्रलाई जरासँग जोड्न सदस्यता अभियान अघि बढाएका हौँ,’ उनले भने,‘यसले पार्टीलाई वैचारिक पक्षबाट सबै सदस्यलाई जोड्छ। सदस्य भएकोमा गर्व गर्ने बनाउँछ।’ 

स्थानीय र प्रदेश निर्वाचन नजिक रहेको भन्दै उनले भने, ‘यो अघि सदस्यता अद्यावधिक गर्न सके सबै सदस्यलाई पार्टीका उम्मेदवार जिताउन सक्रिय बनाउन सक्छौँ।’

प्रकाशित मिति: ०७:४९ बजे, मंगलबार, वैशाख २९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्