Kathmandu Press

विप्रेषण मिलान कोष स्थापना गर्ने सरकारको घोषणा

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रिपति पौडेलले श्रम कूटनीति मार्फत उच्च पारिश्रमिक दिने गन्तव्यतर्फ विविधीकरण गरिने बताए।
विप्रेषण मिलान कोष स्थापना गर्ने सरकारको घोषणा

काठमाडौं, वैशाख २८ : सरकारले नीति तथा कार्यक्रम मार्फत रेमिट्यान्स (विप्रेषण) लाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न विप्रेषण मिलान कोष स्थापना गर्ने घोषणा गरेको छ। 

सरकारले वैदेशिक रोजगारीमा जानेका लागि छुट्टै लेन र सेवा उपलब्ध गराउने राष्ट्रपति रामचन्द्र पौडेलले बताए। नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रिपति पौडेलले श्रम कूटनीति मार्फत उच्च पारिश्रमिक दिने गन्तव्यतर्फ विविधीकरण गरिने बताए।

Hardik ivf

त्यसैगरी रेमिट्यान्सलाई उपभोगबाट उत्पादनशील क्षेत्रतर्फको लगानीमा रूपान्तरण विप्रेषण मिलान कोष स्थापना घोषणा सरकारले गरेको हो ।

सरकारले आगामी आर्थिक वर्ष विदेशमा मृत्यु वा अंगभङ्ग भएका कामदारको परिवारका लागि उद्धार र कल्याणकारी कार्यक्रम सृदृढ गरिने घोषणा पनि गरेको छ।

रिभर्स प्रवासन प्रोत्साहन गर्न एकीकृत प्याकेज ल्याइने सरकारले जनाएको छ। आव २०८२–८३ देखि २०९२र९३ सम्म रोजगार प्रवर्द्धन दशक घोषणा गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। 

प्रकाशित मिति: १७:४६ बजे, सोमबार, वैशाख २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्