Kathmandu Press

नीति तथा कार्यक्रम ः ठूला रेलमार्ग निर्माण प्रक्रियालाई गति दिइने, ड्रोनबाट नाकामा निगरानी

‘सीमा नाकाहरूमा अनुहार पहिचान प्रणाली, एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार स्थापना गरिनेछ। ड्रोन तथा नाइट भिजन क्यामेरा प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गरिनेछ,’ राष्ट्रपति रामचन्द्र पौडेलले भने। 
नीति तथा कार्यक्रम ः ठूला रेलमार्ग निर्माण प्रक्रियालाई गति दिइने, ड्रोनबाट नाकामा निगरानी

काठमाडौं, वैशाख २८ : ठूला रेलमार्ग निर्माण योजनालाई सरकारले नीति तथा कार्यक्रमम समेटेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणलाई निरन्तरता दिइने बताए।

Hardik ivf

केरुङ–काठमाडौं तथा रक्सौल–काठमाडौं रेलमार्गको लगानी मोडालिटी लगायत विषयमा अध्ययन अगाडि बढाइने उनले बताए । दिगो र प्रतिस्पर्धी यातायात प्रणाली विकास गरिने उनले उल्लेख गरे।

यस्तै, सरकारले ड्रोन तथा नाइट भिजन क्यामेरा प्रयोग गरी सीमा नाकामा अवैध गतिविधि नियन्त्रण गरिने जनाएको छ । 

‘सीमा नाकाहरूमा अनुहार पहिचान प्रणाली, एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार स्थापना गरिनेछ। ड्रोन तथा नाइट भिजन क्यामेरा प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गरिनेछ,’ राष्ट्रपति रामचन्द्र पौडेलले भने। 

सीमा क्षेत्र विकास कार्यक्रम मार्फत नागरिक सुरक्षा सम्बन्ध सुदृढ बनाइने बताए । सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने नीति कार्यक्रममा उल्लेख छ।

प्रकाशित मिति: १७:४४ बजे, सोमबार, वैशाख २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्