स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने सरकारको नीति
दुर्गम क्षेत्रका नागरिकहरूलाई विशेषज्ञ परामर्श सेवा उपलब्ध गराउन टेलिहेल्थ सेवा सञ्चालन गरिने बताएका छन्। उनले स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण र रोग नियन्त्रणका लागि रोग नियन्त्रण केन्द्र स्थापना गरिने बताएका छन्।
काठमाडौं, वैशाख २८ : सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने घोषणा गरेको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रत्स्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य बिमाको पुनः संरचना गरिने बताएका छन्।
साथै, दुर्गम क्षेत्रका नागरिकहरूलाई विशेषज्ञ परामर्श सेवा उपलब्ध गराउन टेलिहेल्थ सेवा सञ्चालन गरिने बताएका छन्। उनले स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण र रोग नियन्त्रणका लागि रोग नियन्त्रण केन्द्र स्थापना गरिने बताएका छन्।
संघीय तहमा महामारी नियन्त्रण र सार्वजनिक स्वास्थ्य अनुसन्धानका लागि राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला निर्माण गरिने योजना रहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै, सरकारले क्यान्सरलगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारभन्दा रोकथाममा जोड दिने नीति लिएको छ।
राष्ट्रपति पौडेलले क्यान्सरलगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारभन्दा रोकथाममा जोड दिँदै नियमित परीक्षण र जीवनशैलीमा आधारित रणनीति लिइने बताए
मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अंग मान्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
अत्याधुनिक अपांगता पुनर्स्थापना केन्द्रहरूको स्थापना गरी फिजियोथेरापी र प्रोस्टेटिक्स जस्ता विशिष्टीकृत सेवाहरू प्रदान गरिने, बौद्धिक अपांगता भएका बालबालिकाका लागि विशेष सहायक प्रविधि र कार्यक्रमहरू सञ्चालन गरिने घोषणा सरकारले गरेको छ।












