Kathmandu Press

सरकारका क्रियाकलाप लोकतान्त्रिक देखिएनन् : उपसभापति शर्मा

नेपाली काँग्रेस लोकतान्त्रिक पद्धतीलाई मान्ने पार्टी भएकाले सरकारले गरेका राम्रा कामलाई समर्थन गर्ने र जनविरोधी क्रियाकलापमा खवरदारी गर्ने बताए।
सरकारका क्रियाकलाप लोकतान्त्रिक देखिएनन् : उपसभापति शर्मा

सुर्खेत, वैशाख २८ : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले लोकतान्त्रिक विधीबाट आएको वर्तमान सरकारले अलोकतान्त्रिक गतिविधीहरु गरिरहेको बताएका छन्।

नेपाली काँग्रेसले सोमबारदेखि सुरु गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले दुई तिहाइको सरकारले अध्यादेशबाट मुलुक चलाउनु खोज्नु र सुकुम्बासीहरुलाई अपराधी जस्तै लखेट्नु अलोकतान्त्रिक क्रियाकलाप भएको बताए।

Hardik ivf

नेपाली काँग्रेस लोकतान्त्रिक पद्धतीलाई मान्ने पार्टी भएकाले सरकारले गरेका राम्रा कामलाई समर्थन गर्ने र जनविरोधी क्रियाकलापमा खवरदारी गर्ने बताए।

‘चुनावमा काँग्रेसका लागि हारजित ठुलो कुरा होइन’ उनले भने, ‘एउटा निर्वाचन हार्दैमा काँग्रेस सकिँदैन। लोकतान्त्रिक चरित्र र लोकतन्त्रको संस्थागत बिकासका लागि कसैसँग सम्झौता हुँदैन।’ 

सरकारका गतिविधीहरु लोकतान्त्रिक नभएकाले त्यसको लागि खवरदारी जरुरी भएको उनले औंल्याए। पार्टीभित्रको आन्तरिक विवादलाई व्यवस्थित गरेर पार्टीलाई अगाडि बढाउने कुरामा सबै नेताहरुसँग छलफल भइरहेको उपसभापति शर्माले बताए।

पार्टीभित्रका विवाद मिलाएर एकताबद्ध काँग्रेसका लागि सबै पक्षसंग संवाद भइरहेको उनले जानकारी दिए। पार्टीभित्रको बृहत एकताका लागि सबै नेताहरुलाई पार्टीले सम्मान गर्ने उनको भनाई छ।

प्रकाशित मिति: १७:२२ बजे, सोमबार, वैशाख २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्