तोकेभन्दा बढी लगानी गर्नेलाई ‘लगानी भिसा’ उपलब्ध गराउने सरकारको घोषणा
‘नेपाल सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइनेछ,’ नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने।
काठमाडौं, वैशाख २८ : तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने घोषणा सरकारले गरेको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मार्फत सरकारले यस्तो व्यवस्था गर्न लागेको हो।
‘नेपाल सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइनेछ,’ नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने।
यस्तै, सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादकत्व वृद्धिका लागि नीतिगत सुधारसहितको नयाँ योजना अघि सारेको छ।
सरकारले उत्पादन प्रणालीलाई प्रविधि र एग्रिटेक’मार्फत व्यवस्थित गर्दै कृषि क्षेत्रमा व्यापक रूपान्तरण गर्ने लक्ष्य लिएको हो।
नयाँ नीतिअनुसार कृषि उत्पादनलाई उद्योग, प्रशोधन र बजारसँग सिधै जोडिनेछ। किसानले बाली लगाउनुअघि नै प्रमुख कृषि उपजहरूको न्यूनतम समर्थन मूल्य तोकिने र यस प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ।
किसानले आफ्नो उत्पादनको भुक्तानी सिधै बैंक खातामा पाउने व्यवस्था मिलाइने सरकारले घोषणा गरेको छ ।












