Kathmandu Press

‘भिजिट नेपाल २०८५’ मनाइने सरकारको घोषणा

सरकारले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने घोषणा गरेको छ। यस क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुधार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने समेत बताए ।
‘भिजिट नेपाल २०८५’ मनाइने सरकारको घोषणा

काठमाडौं, वैशाख २८ : सरकारले वि.सं. २०८५ लाई ‘भिजिट नेपाल’का रुपमा मनाउने घोषणा गरेको छ।

संघीय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रममा प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले त्यसको पूर्वतयारीका रूपमा काम गर्ने घोषणा गरे।

Hardik ivf

यसतै, सरकारले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने घोषणा गरेको छ। यस क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुधार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने समेत बताए । पर्यटक भिसा पूर्णरूपमा अनलाइन बनाइने भएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा ई–गेट प्रणाली जडान गर्ने घोषणा उनले गरे। दुई अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडान विस्तार गर्न कूटनीतिक पहल गर्ने घोषणा गरे । पर्या पर्यटनलाई आधुनिक प्रविधिसँग जोडिने भएको छ।

सरकारले नेपाल पर्यटन बोर्डलाई सार्वजनिक नीति साझेदारी मोडलमा पुनर्संरचना गर्ने घोषणा गरेको छ।  सरकारको नीति तथा कार्यक्रममा बोर्डलाई पुनर्संरचना गरी नवप्रवर्तनशील बनाइने घोषणा गरेको हो।

प्रकाशित मिति: १७:१५ बजे, सोमबार, वैशाख २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्