Kathmandu Press

सेयर बजारमा पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता गराइने

 ‘पूँजी बजारमा संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फन्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिनेछ’ उनले भने 
सेयर बजारमा पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता गराइने

काठमाडौं, वैशाख २८ : सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराउने भएको छ। 

आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्।

Hardik ivf

 ‘पूँजी बजारमा संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फन्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिनेछ’ उनले भने 

यस्तै, सरकारले व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्म ३० दिनभित्र सम्पन्न गर्ने ‘लगानी एक्सप्रेस’नीति लागु गर्ने भएको छ। सरकारले नीति तथा कार्यक्रममा विदेशी लागानीसम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तारित गरिने उल्लेख छ।

सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसाा उपलब्ध गराइने राष्ट्रपति पौडेलले बताए।

त्यस्तै पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदन्डअनुसार विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

ऋणबजार, बन्ड बजार र पूर्वाधार बन्डको विकास गरी दीर्घकालीन पूँजी निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित मिति: १७:०८ बजे, सोमबार, वैशाख २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्