नेपालमा कोरोनाबाट संक्रमितको संख्या ८८९ पुग्यो
काठमाडौं, जेठ १५ : नेपालमा कोरोना संक्रमितको संख्या ८८९ पुगेको छ।
बिहीबार बिहान स्याङ्जामा थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि ....

काठमाडौं, जेठ १५ : नेपालमा कोरोना संक्रमितको संख्या ८८९ पुगेको छ।
बिहीबार बिहान स्याङ्जामा थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८९ पुगेको हो। यसअघि बुधबार एकैदिन ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ८८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको थियो।
मन्त्रालयका अनुसार नेपालका संक्रमितमध्ये १८३ जना निको भइसकेका छन् भने ५ जनाले ज्यान गुमाएका छन्।
प्रकाशित मिति: ०६:४३ बजे, बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











