Kathmandu Press

‘सरकारका गलत हरकतविरूद्ध कांग्रेसले खबरदारी गर्छ’

‘रास्वपा हाम्रो दुस्मन होइन, उ पनि हाम्रो साथी नै हो। हामीसँगै प्रतिस्पर्धा गरेको पार्टी हो,’ उनले भने, ‘तर, सरकारमा बस्ने साथीहरूको र सरकार सञ्चालन गर्ने पार्टीको हरकत गलत भयो भने त्यो बेलामा खबरदारी गर्ने जिम्मा हाम्रो हो। अहिले हामी जिम्मेवारीमा छौं ।’
‘सरकारका गलत हरकतविरूद्ध कांग्रेसले खबरदारी गर्छ’

सुर्खेत, वैशाख २८ : नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका गलत हरकतविरूद्ध खबरदारी गर्ने जिम्मा आफूहरूको भएको बताएका छन्।

कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ को उद्घाटन गर्दै उनले सरकारका गलत हरकतको खबरदारी गर्ने जिम्मा कांग्रेसको भएको बताएका हुन्।

Hardik ivf

‘रास्वपा हाम्रो दुस्मन होइन, उ पनि हाम्रो साथी नै हो। हामीसँगै प्रतिस्पर्धा गरेको पार्टी हो,’ उनले भने, ‘तर, सरकारमा बस्ने साथीहरूको र सरकार सञ्चालन गर्ने पार्टीको हरकत गलत भयो भने त्यो बेलामा खबरदारी गर्ने जिम्मा हाम्रो हो। अहिले हामी जिम्मेवारीमा छौं ।’

उनले संविधान तलमाथि हुँदा देश दुर्घटनामा जाने र नागरिकले दुःख पाउने पनि बताए।

‘यत्रो दुःख गरेर ल्याएको संविधान छ, यो तलमाथि हुनुहुन्न है, किनभने संविधान तलमाथि भयो भने देश अर्को दुर्घटनामा जान्छ । देश अर्को दुर्घटनामा जाँदै गर्दा दुःख पाउने नागरिकले हो । त्यहाँ हामीले खबरदारी गर्ने हो,’ उनले भने।

सभापति थापाले सुशासन र राष्ट्रहितको सन्दर्भमा सरकारले उचित काम गर्दा कांग्रेसले समर्थन गर्ने पनि बताए।

प्रकाशित मिति: १६:५८ बजे, सोमबार, वैशाख २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्