‘एउटै दलको नेतृत्वमा सरकार गठन हुनु रूपान्तरणकारी सुधारको अवसर हो’
‘मुलुकका लागि राजनीतिक स्थिरता, नीतिगत स्पष्टता र रूपान्तरणकारी सुधारको ऐतिहासिक अवसर हो,’ उनले भने।
काठमाडौं, वैशाख २८ : राष्ट्रपति रामचन्द्र पौडेलले एउटै दलको नेतृत्वमा सरकार गठन हुनु रूपान्तरणकारी सुधारको अवसर भएको बताएका छन्।
सोमबार अपराह्न बसेको संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
हाल देशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको झन्डै दुईतिहाइ बहुमतको सरकार छ।
‘मुलुकका लागि राजनीतिक स्थिरता, नीतिगत स्पष्टता र रूपान्तरणकारी सुधारको ऐतिहासिक अवसर हो,’ उनले भने।
सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशीलाका रूपमा ग्रहण गरेको राष्ट्रपति पौडेलले बताए।
भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति रहने उनले उल्लेख गरे ।
प्रकाशित मिति: १६:३३ बजे, सोमबार, वैशाख २८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार












