सहमतिका आधारमा संविधान संशोधन बहस पत्र तयार गरिने
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनको दुवै सदनमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै बहस पत्रमा संविधान संशोधनका साझा विषय पहिचान गरिने बताएका हुन्।
काठमाडौं, वैशाख २८ : सरकारले राजनीतिक दलहरूसँग संवाद र सहमतिका आधारमा संविधान संशोधन बहस पत्र तयार गरिने बताएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनको दुवै सदनमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै बहस पत्रमा संविधान संशोधनका साझा विषय पहिचान गरिने बताएका हुन्।
‘सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहमतिका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ,’ उनले सम्बोधनका क्रममा भने।
प्रकाशित मिति: १६:३१ बजे, सोमबार, वैशाख २८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार