Kathmandu Press

सरकारले संसद कमजोर बनाउन अध्यादेशको ओइरो लगायो : सांसद पन्त

उनले फागुन २१ को निर्वाचनपछि सुरु भएको पहिलो बजेट अधिवेशनप्रति जनतामा ठूलो अपेक्षा रहेको उल्लेख गर्दै जनताले राजनीतिक स्थिरता र तीव्र आर्थिक विकासको चाहना व्यक्त गरेको बताइन्।
सरकारले संसद कमजोर बनाउन अध्यादेशको ओइरो लगायो : सांसद पन्त

काठमाडौं, वैशाख २८ : नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद कमला पन्तले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन्।

राष्ट्रिय सभाको २१औँ अधिवेशनको बैठकमा बोल्दै उनले वर्तमान सरकार स्वेच्छाचारी, निरंकुश तथा गरिबविरोधी मानसिकताबाट प्रभावित भएको आरोप लगाइन्।

Hardik ivf

उनले फागुन २१ को निर्वाचनपछि सुरु भएको पहिलो बजेट अधिवेशनप्रति जनतामा ठूलो अपेक्षा रहेको उल्लेख गर्दै जनताले राजनीतिक स्थिरता र तीव्र आर्थिक विकासको चाहना व्यक्त गरेको बताइन्।

तर सरकारका प्रारम्भिक गतिविधि, प्राथमिकता निर्धारण र प्रस्तुत हुने शैलीले जनताको अपेक्षा विपरीत निराशा पैदा गरेको उनको भनाइ थियो।

‘फागुन २१ को निर्वाचनपछि पहिलो बजेट अधिवेशनमा हामी प्रवेश गरेका छौं । यतिखेर जनताका अनगिन्ती आकांक्षाहरुबाट घेरिएका छौं । जनताले आफ्नो मतका माध्यमबाट राजनीतिक स्थिरता र तीव्र आर्थिक विकासको चाहना प्रस्ट प्रकट गरेका छन्, उनले भनिन्, ‘सरकारको प्रारम्भिक दिनका गतिविधि र कार्यशैली हेर्दा दुखका साथ भन्नुपर्छ कामहरुको प्राथमिकता निर्धारण र प्रस्तुत हुने शैली र शासकीय मानसिकताका दृष्टिले स्वच्छाचारी, निरकुंश तथा असह्य र गरिबविरोधी देखिएको छ।’

पन्तले प्रतिनिधिसभाको निर्वाचनमार्फत नयाँ सरकार गठन भएपनि सोही संसद सरकारको पहिलो निशानामा परेको आरोप लगाइन्। उनले बोलाइसकेको संसद बैठक बिना कारण स्थगित गरिएको तथा संसदको कानुन निर्माण गर्ने विशेषाधिकार कमजोर बनाउन अध्यादेशको अत्यधिक प्रयोग गरिएको दाबी गरिन्।

‘चुनाव प्रतिनिधिसभाका लागि भयो । प्रतिनिधिसभाको आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर नयाँ सरकार निर्माण गर्यो । तर दुर्भाग्य, त्यही संसदमाथि सरकारको पहिलो आक्रमणमा पर्यो, बोलाई सकेको संसदको बैठक विना कारण र आधारविना नै स्थगित गरियो,’ उनले भने, ‘ऐन, कानुन निर्माण गर्ने संसदको विशेषाधिकारलाई कमजोर तुल्याउने मनसायले अध्यादेशको ओइरो लगाइयो। बजेट वक्तव्यपूर्ण सम्पन्न गर्ने कामहरुमा समेत सरकारको कर्मकाण्डी व्यवहार छर्लङ देखिएको छ।’

उनले बजेटसँग सम्बन्धित कार्यहरूमा समेत सरकारको कर्मकाण्डी व्यवहार देखिएको टिप्पणी गर्दै लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाएको बताइन्।

प्रकाशित मिति: १५:०२ बजे, सोमबार, वैशाख २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्