Kathmandu Press

कांग्रेसद्वारा राज्य व्यवस्था समितिको बैठक बहिष्कार

प्रधानमन्त्री बालेन शाह राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रोपटक पनि अनुपस्थित भएपछि कांग्रेसले बैठक बहिष्कार गरेको हो।
कांग्रेसद्वारा राज्य व्यवस्था समितिको बैठक बहिष्कार

काठमाडौं, वैशाख २८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ।

प्रधानमन्त्री बालेन शाह राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रोपटक पनि अनुपस्थित भएपछि कांग्रेसले बैठक बहिष्कार गरेको हो।

Hardik ivf

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेनसँग सुकुमवासी बस्ती खाली गराइएको, सुरक्षा प्रशासन लगायतका विषयमा जवाफ माग्नुपर्ने भए पनि उनी बैठकमा सहभागी नभएको भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो।

सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको बैठकमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव अनुपस्थित रहेका हुन्।

प्रकाशित मिति: १४:०६ बजे, सोमबार, वैशाख २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्