Kathmandu Press

सुर्खेतामा कांग्रेसको प्रदेशस्तरीय भेला उद्घाटन

दुई दिनसम्म चल्ने भेलामा नेपाली काँग्रेसका संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु, पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहका पार्टी सभापतिहरु सहभागी हुनेछन्।
सुर्खेतामा कांग्रेसको प्रदेशस्तरीय भेला उद्घाटन

सुर्खेत, वैशाख २८ : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कर्णाली प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका छन् । बिहान सुर्खेत आएका सभापति थापाले भेला उद्घाटन गरेका हुन्।

भेलामा काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतका नेताहरु सुर्खेत आएका छन्। नेपाली काँग्रेसका निवर्तमान कार्यवहाक सभापति पूर्ण खड्काको गृह जिल्लामा हुन लागेको कार्यक्रमलाई चासोको साथ हेरिएको छ।

Hardik ivf

विशेष महाधिवेशनपछि काँग्रेसले पहिलो पटक प्रदेशस्तरीय भेला गर्न लागेको हो। दुई दिनसम्म चल्ने भेलामा नेपाली काँग्रेसका संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु, पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहका पार्टी सभापतिहरु सहभागी हुनेछन्।

photo-4_a1970c00-1778485342.jpeg
 

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेशस्तरीय भेलाको आयोजना गरिएको हो। पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ।

प्रकाशित मिति: १३:२७ बजे, सोमबार, वैशाख २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्