Kathmandu Press

बागमती स्वीट्ले पायो क्लिनचिटः पेस्ट कन्ट्रोलदेखि गुणस्तर जाँच गर्नका लागि छुट्टै कर्मचारी

बाग्मती स्वीट्सले हालै आन्तरिक संरचना सुधार, कर्मचारी व्यवस्थापन तथा उत्पादन प्रक्रिया थप ब्यबस्था गरेको जनाएको छ । त्यस्तै कारखानाको पेस्ट कन्ट्रोल लगायत सरसफाइमा विशेष ध्यान दिँदै सो कमका लागि मात्रै अपरेसन अवधीमा तीन जना कर्मचारी खटाएको उल्लेख गरेको छ । 
बागमती स्वीट्ले पायो क्लिनचिटः पेस्ट कन्ट्रोलदेखि गुणस्तर जाँच गर्नका लागि छुट्टै कर्मचारी

काठमाडौँ, वैशाख २८ : त्रिपुरेश्वरस्थित बागमती स्वीट्सले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट ‘क्लिनचिट’ पाएको छ ।

कृषि तथा पशुपङ्छी बिकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका संयुक्त टोलिको स्थलगत अनुगमन तथा निरीक्षणमा बाग्मती स्वीट्सको खाद्य स्वच्छताको अवस्था सन्तोषजनक पाइएको र उत्पादन तथा बिक्रीवितरण गर्न लगाइएको रोक्का फुकुवा गरिएको बिभागद्वारा जारी पत्रमा उल्लेख गरिएको छ । 

Hardik ivf

बाग्मती स्वीट्सले हालै आन्तरिक संरचना सुधार, कर्मचारी व्यवस्थापन तथा उत्पादन प्रक्रिया थप ब्यबस्था गरेको जनाएको छ । त्यस्तै कारखानाको पेस्ट कन्ट्रोल लगायत सरसफाइमा विशेष ध्यान दिँदै सो कमका लागि मात्रै अपरेसन अवधीमा तीन जना कर्मचारी खटाएको उल्लेख गरेको छ । 

बाहिरी प्रदूषण नियन्त्रण गर्नका लागि अन्न भण्डारण गर्ने र भान्सालगायतको ठाउँमा कर्मचारीले बाहिरबाट लगाएर आएको जुत्ता–चप्पल लैजान निषेध गरिएको बागमतीले जनाएको छ । “कर्मचारीहरूले भित्र प्रयोगका लागि छुट्टै जुत्ता–चप्पल प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । साथै जुत्ता राख्नको लागि छुट्टै ठाउँको व्यवस्था गरिएको छ । यससँगै उत्पादन क्षेत्र, स्टोर र अन्य स्थानहरूमा रहेका फोहोर हटाएर सबै ठाउँमा रंगरोगन (पेन्टिङ) गरिएको छ”, बागमती स्वीट्सले भनेको छ ।

साथै तयार भएका सामानहरू राख्ने ‘सेफ’मा धुलो तथा अन्य प्रदूषण नहोस् भनेर जाली लगाइएको छ । साथै, भेन्टिलेसनका लागि पनि ठाउँ छुट्याएर भित्ता तथा सिलिङमा पनि मर्मत गरी सफा बनाइएको छ ।

बाग्मती स्वीट्सले कच्चा पदार्थको गुणस्तर सुनिश्चित गर्न छुट्टै कर्मचारी खटाएको छ । जसले कच्चा पदार्थको जाँच, स्टक व्यवस्थापन तथा म्याद सकिन लागेका र बिग्रेका सामग्री फिर्ता गर्ने काम गर्दछ । खराब वा सरकारको मापदण्डभन्दा तल्लो स्तरका सामग्री तुरुन्त फिर्ता गरिने व्यवस्था गरिएको छ ।

कर्मचारीहरूका लागि एप्रोन, टोपी, ग्लोभ्सलगायत अनिवार्य सुरक्षात्मक पोशाक प्रयोग गर्ने नियम लागू गरिएको जनाइएको छ । यसका साथै, कारखानामा नियमित रूपमा ‘पेस्ट कन्ट्रोल’ पनि गरिँदै आइएको उल्लेख गर्दै बागमती स्वट्सिले प्रत्येक दुई सातामा एकपटक विषादी नियन्त्रण टोली आउने व्यवस्था गरिएको जनाएको छ ।

प्रकाशित मिति: ०७:४६ बजे, सोमबार, वैशाख २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्