Kathmandu Press

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना हुँदै, ट्रफी अनावरण

नेपाल भलिबल संघका अनुसार प्रतियोगिता आगामी जेठ ८ देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ । राष्ट्रिय खेल भलिबलको विकास र विस्तारलाई लक्षित गर्दै नेपालले विगतदेखि नै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको संघले जनाएको छ।
काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना हुँदै, ट्रफी अनावरण

काठमाडौं, वैशाख २७ : नेपाल भलिबल संघले आगामी काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ को ट्रफी अनावरण गरेको छ। संघले आइतबार पत्रकार भेटघाट कार्यक्रममार्फत प्रतियोगिताको तयारी, सहभागिता र व्यवस्थापनबारे जानकारी गराएको हो।

नेपाल भलिबल संघका अनुसार प्रतियोगिता आगामी जेठ ८ देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ । राष्ट्रिय खेल भलिबलको विकास र विस्तारलाई लक्षित गर्दै नेपालले विगतदेखि नै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको संघले जनाएको छ।

Hardik ivf

यस पटकको प्रतियोगितामा इरान, किर्गिस्तान, भारत, श्रीलंका, बङ्गलादेश, मालदिभ्स, कजाकिस्तान र नेपाल सहित आठ राष्ट्रको सहभागिता सुनिश्चित भइसकेको छ । संघका अनुसार यो प्रतियोगिता विश्व वरियतासँग सम्बन्धित भएकाले नेपालले राम्रो प्रदर्शन गर्न सकेमा राष्ट्रिय महिला भलिबल टोलीको वरियता सुधार हुने अपेक्षा गरिएको छ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारणको अधिकार हिमालय स्पोट्र्सले प्राप्त गरेको छ । संघले प्रतियोगिताको अधिकांश तयारी पूरा भइसकेको र बाँकी कामहरू निर्धारित समयभित्र सम्पन्न गरिने जानकारी दिएको छ।

आयोजनाका लागि करिब २ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । नेपाल सरकारबाट एक करोड र काठमाडौं महानगरपालिकाबाट ३० लाख बजेट सहयोग प्राप्त भएकोमा संघले आभार व्यक्त गरेको छ।

पत्रकार सम्मेलनमा नेपाल भलिबल संघले अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगितालाई सफल बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै व्यापक प्रचार–प्रसारमा सहयोग गर्न आग्रह गरेको छ।

संघले ‘सहयोग र सहकार्यको लागि धन्यवाद’ भन्दै प्रतियोगितालाई सफल बनाउन सबै पक्षसँग सहकार्यको अपेक्षा व्यक्त गरेको छ।

प्रकाशित मिति: १७:२७ बजे, आइतबार, वैशाख २७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्