Kathmandu Press

भैरहवामा रोटरियनहरुको ‘प्रेसिडेन्ट इलेक्ट लर्निङ सेमिनार’ सम्पन्न

रोटरी लिडरहरुलाई क्लबमा हुने कामको बारेमा जानकारी दिने र जिम्मेवारी बोध गराउने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको डिस्ट्रिक्ट गभर्नर विष्णु बहादुर कार्कीले बताए । ‘क्लबका काम गर्ने सबैले जिम्मेवारी बोध गर्दै काम गर्नुपर्छ । त्यसको लागि यस्तो अभिमूखिकरण तालिम अत्यन्त प्रभावकारी हुन्छ । यसले सबैलाई काम र कर्तव्यको बोध गराउँछ ।’ उनले बताए ।   
भैरहवामा रोटरियनहरुको ‘प्रेसिडेन्ट इलेक्ट लर्निङ सेमिनार’ सम्पन्न

काठमाडौं, वैशाख २७ : रोटरीयनहरुको लागि ‘प्रेसिडेन्ट इलेक्ट लर्निङ सेमिनार २०२६र२७’ सम्पन्न भएको छ। भैरहवास्थित टाइगर प्यालेस होटलमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रममा २०० भन्दा बढी आगामी क्लब प्रेसिडेन्ट तथा रोटरी लिडर सहभागी भएका थिए । 

रोटरी लिडरहरुलाई क्लबमा हुने कामको बारेमा जानकारी दिने र जिम्मेवारी बोध गराउने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको डिस्ट्रिक्ट गभर्नर विष्णु बहादुर कार्कीले बताए । ‘क्लबका काम गर्ने सबैले जिम्मेवारी बोध गर्दै काम गर्नुपर्छ । त्यसको लागि यस्तो अभिमूखिकरण तालिम अत्यन्त प्रभावकारी हुन्छ । यसले सबैलाई काम र कर्तव्यको बोध गराउँछ ।’ उनले बताए ।   

Hardik ivf

दुई दिने प्रशिक्षण कार्यक्रमा रोटरी क्लबको महत्व र यसमा हुने आकर्षणको विषयमा गरिराईमा पुगेर छलफल गरिएको थियो । जसले गर्दा प्रशिक्षणमा सहभागी सबैलाई आगामी वर्षको लागि गर्नुपर्ने कामको योजना बनाउन मार्ग दर्शन मिलेको उपस्थित रोटरियनहरुले बताए । 

डिस्ट्रिक्ट गभर्नर विष्णु बहादुर कार्कीका अनुसार दुई दिनसम्म प्रस्तुत गरिएका प्रेजेन्टेसन र सामूहिक छलफलले क्लबमा आउने विभिन्न समस्या समाधन गर्नको लागि रोटरी लिडरलाई सहज हुने विश्वास लिएको बताएका छन् । कार्यक्रममो विभिन्न सत्रमा सहभागीता जनाउँदै अनुभव आदानप्रदान हुँदा सबैलाई अब के गर्ने भन्नेबारे स्पष्ट मार्गदर्शन मिलेको उनले प्रष्ट पारेका छन् ।

4e9193fa-e364-47d4-93b9-d3dc269ce6d9-1778404800.jpg
कार्यक्रममा बोल्दै कार्कीले अबको नेतृत्वले समावेसीलाई प्राथमिकतामा राखेर नयाँ र आधुनिक कामलाई अघि बढाउन आवश्यक रहेको उल्लेख गरेका छन् । ‘यस दुई दिने प्रशिक्षण कार्यक्रममा भएको अनुभव आदानप्रदान र यहाँ उठेका विषयमा भएको छलफलले सबैलाई आगामी वर्षमा कसरी काम गर्ने भन्नेमा स्पष्ट मार्गदर्शन भएको मैले बुझेको छु ।’ उनले बताए । 

प्रशिक्षण कार्यक्रमको अन्त्यमा सहभागीहरूले सामुहिक छलफल, प्रेजेन्टेसनका साथै व्यवसाहिक ज्ञानका साथै रोटरीले गर्ने सेवा र कामको बारेमा गहिरोसँग बुझ्न पाएको बताएका छन् । यस्तो प्रशिक्षण कार्यक्रमले नेतृत्वलाई आफ्नो कार्यकाल सफल बनाउनको लागि उत्प्रेरणाको काम गरेको सहभागीले बताएका छन् ।

प्रकाशित मिति: १५:०५ बजे, आइतबार, वैशाख २७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्