Kathmandu Press

सहमति भएका विषयमा चरणबद्ध रूपमा संविधान संशोधन गर्नुपर्छ : मोहनलाल आचार्य

‘संविधान संशोधनको प्रक्रिया अहिले बहसपत्र तयार गर्ने चरणमा छ। हालै गठन गरिएको कार्यदलको उद्देश्य संविधान संशोधनको विधेयक तयार गर्नु नभइ विभिन्न विषयमा बहस र अध्ययन गरेर सुझाव संकलन गर्नु हो,’ उनले भने।
सहमति भएका विषयमा चरणबद्ध रूपमा संविधान संशोधन गर्नुपर्छ : मोहनलाल आचार्य

काठमाडौं, वैशाख २७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता मोहनलाल आचार्यले संविधान संशोधनको प्रक्रिया अहिले बहसपत्र तयार गर्ने चरणमा रहेको बताएका छन्। 

संविधान संशोधनका सन्दर्भमा संघीयताको सवाल विषयक छलफल कार्यक्रममा बोल्दै उनले हालै गठन गरिएको कार्यदलको उद्देश्य संविधान संशोधनको विधेयक तयार गर्नु नभई विभिन्न विषयमा बहस र अध्ययन गरेर सुझाव संकलन गर्नु रहेको स्पष्ट पारे।

Hardik ivf

‘संविधान संशोधनको प्रक्रिया अहिले बहसपत्र तयार गर्ने चरणमा छ। हालै गठन गरिएको कार्यदलको उद्देश्य संविधान संशोधनको विधेयक तयार गर्नु नभइ विभिन्न विषयमा बहस र अध्ययन गरेर सुझाव संकलन गर्नु हो,’ उनले भने।

उनले संविधान संशोधनका विषयमा संसदलाई छलेर काम भइरहेको भन्ने आशंका निराधार रहेको उल्लेख गर्दै बहसपत्र तयार भएपछि मात्र संसदमार्फत विस्तृत छलफल हुने बताए।

उनका अनुसार कार्यदल नेपाल सरकारको तर्फबाट गठन गरिएको भएपनि यसमा सरकारको कुनै निश्चित ‘पोजिसन’ नभएको र सबै विषयमा खुला छलफल भइरहेको छ।

आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र तथा सरकारको सयबुँदे कार्यसूचीमा संविधान संशोधनसँग सम्बन्धित विषय समेटिएको जानकारी दिए। उनले आफू पार्टीको प्रतिनिधिका रूपमा कार्यदलमा सहभागी भएको र विषयगत रूपमा छलफललाई नेतृत्व गर्ने जिम्मेवारी पाएको बताए।

संघीयताको कार्यान्वयनका क्रममा मुख्य समस्या कानुन र संरचनाभन्दा पनि कार्यान्वयन पक्षमा रहेको उनको भनाइ थियो। संघ, प्रदेश र स्थानीय तहबीच समन्वयका लागि बनाइएका संयन्त्र प्रभावकारी रूपमा परिचालन हुन नसकेको उल्लेख गर्दै उनले कार्यव्यवस्था प्रतिवेदनलाई कानुनी मान्यता दिएर अघि बढाउनुपर्ने धारणा राखे।

संविधान संशोधनलाई एकैपटक ठूलो प्याकेजमा लैजानुभन्दा सहमति भएका विषयमा क्रमिक रूपमा संशोधन गर्दै जान सकिने उनले बताए । संविधानलाई ‘जीवित दस्तावेज’ को रूपमा व्याख्या गर्दै समयअनुसार संशोधन आवश्यक पर्ने उनको धारणा थियो।

प्रकाशित मिति: १३:०० बजे, आइतबार, वैशाख २७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्