धनुषामा २ बस आपसमा ठोक्किए, १७ जना घाइते
आइतबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ मा काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४२२४ नम्बरको बसलाई काठमाडौंबाटै काँकडभिट्टा जाँदै गरेको बा.प्र.०१–००६ ख ५२३७ नम्बरको बसले ठक्कर दिँदा १७ जना घाइते भएका छन्।
धनुषा, वैशाख २७ : धनुषामा दुई यात्रु बस आपसमा ठोक्किएका छन्।
आइतबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ मा काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४२२४ नम्बरको बसलाई काठमाडौंबाटै काँकडभिट्टा जाँदै गरेको बा.प्र.०१–००६ ख ५२३७ नम्बरको बसले ठक्कर दिँदा १७ जना घाइते भएका छन्।
ओभरटेक गर्ने क्रममा ठोक्किँदा दुवै बस पल्टिएको प्रहरीले जनाएको छ।
घाइते भएका यात्रुहरु सबै काँकडभिट्टा जाँदै बसको भएको प्रहरीले जनाएको छ। घाइतेहरूको मोडल अस्पताल लालगढ धनुषा उपचार भइरहेको छ।
प्रकाशित मिति: १२:१४ बजे, आइतबार, वैशाख २७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार