Kathmandu Press

‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यसको जवाफ सभापतिले दिनुपर्छ’

‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यसको जवाफ सभापतिले दिनुपर्छ’

कैलाली, वैशाख २६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई टिकट नदिनुका कारणबारे वर्तमान सभापति गगनकुमार थापा जवाफ मागेका छन्। 

कांग्रेसले धनगढीमा भएको सभामा सम्बोधन उनले जेनजी आन्दोलन, देउवा दम्पतिमाथिको कुटपिट र टिकट पाउनबाट बञ्चित भएको लगायतका विषयमा प्रश्न गरे ।

Hardik ivf

‘२३ र २४ गतेको शेरबहदुर देउवा र आरजु राणामाथि भएको आक्रमण स्वभाविक हो कि अस्वभाविक हुन्? शेरबहादुर देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक? त्यो भन्नुपर्छ,’ उनले भने।

उनले गगन थापालाई सभापति बनाउने र मान्ने कुरामा कुनै विमति नभएको बताउँदै सिंगो कांग्रेसलाई एकताबद्ध बनाउने जिम्मेवारी पनि सभापति थापाकै काँधमा रहेको बताए। 

‘अबको १० वर्षसम्म सिंगो नेपाली कांग्रेसको सभापति गगन थापा हुनुपर्छ तर, तपाईंको कार्यसमितिभित्र पनि भाइरसहरू छन् तिनले तपाईंलाई समाप्त पार्नसक्छन्,’ उनले भने।
 

प्रकाशित मिति: १६:०७ बजे, शनिबार, वैशाख २६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्