प्रतिपक्ष कमजोर हुँदा सडकबाट आवाज उठाइरहेका छौं : दुर्गा प्रसाईँ
‘आज देशमा प्रतिपक्ष नभएको अवस्था छ। दलहरू भ्रष्टाचारका कारण बोल्न नसक्ने अवस्थामा छन्। दलहरू टुक्राटुक्रा हुँदै गएका छन् र अब उठ्न नसक्ने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘हामी सदनमा नभएपनि सडकमा प्रतिपक्षको भूमिका निभाइरहेका छौं । सदनबाट उठ्नुपर्ने आवाज सडकबाट उठाइरहेका छौं।’
काठमाडौं, वैशाख २६ : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्ष कमजोर बनेको भन्दै आफूहरू सडकबाट जनताको आवाज उठाइरहेको बताएका छन्।
विशेष पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले देशमा प्रभावकारी प्रतिपक्ष नभएको दाबी गरे । उनले दलहरू भ्रष्टाचारका कारण बोल्न नसक्ने अवस्थामा पुगेको र विभाजित हुँदै गएको आरोप लगाए।
‘आज देशमा प्रतिपक्ष नभएको अवस्था छ। दलहरू भ्रष्टाचारका कारण बोल्न नसक्ने अवस्थामा छन्। दलहरू टुक्राटुक्रा हुँदै गएका छन् र अब उठ्न नसक्ने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘हामी सदनमा नभएपनि सडकमा प्रतिपक्षको भूमिका निभाइरहेका छौं । सदनबाट उठ्नुपर्ने आवाज सडकबाट उठाइरहेका छौं।’
प्रसाईँले नयाँ सरकार गठन भएपछि सुरुका १०० दिनसम्म प्रतिक्रिया नदिने सोच बनाएको भए पनि परिस्थितिले आफूहरूलाई बोल्न बाध्य बनाएको बताए।
यसैबीच उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै गरिबका घरमा डोजर चलाइएको विषयमा आलोचना गरे।
उनले सामाजिक सञ्जाल र एल्गोरिदमको प्रयोग गरेर जनतालाई प्रभावित पारिएको आरोप लगाउँदै भने, ‘विदेशमा रहेका दाजुभाइहरूले घरमा फोन गरेर घण्टीमा भोट नहाले घर नै आउँदिन भनेर घुर्की लगाए । आज नेपालबाट आमाबुबाले भनिरहेका छन्, अब घर नै छैन, कुन घर फर्किन्छस् ? घण्टीले घर भत्काइदियो।’
प्रसाईँले गरिब बस्तीमा डोजर चलाएर घर भत्काइएको भन्दै त्यसबाट पीडित भएका नागरिकको आँसु लाग्ने चेतावनीसमेत दिएका छन्।