Kathmandu Press

कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट सुरू हुँदै

विहान १० बजेदेखि सुरू हुने चुनावी समीक्षा कार्यक्रममा सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत कांग्रेसका पदाधिकारीको सहभागिता रहने सहमहामन्त्री प्रकाश रसाईलीले बताए ।
कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट सुरू हुँदै

धनगढी, वैशाख २६ : नेपाली कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज सुदूरपश्चिमको धनगढीबाट सुरू हुँदैछ ।

विहान १० बजेदेखि सुरू हुने चुनावी समीक्षा कार्यक्रममा सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत कांग्रेसका पदाधिकारीको सहभागिता रहने सहमहामन्त्री प्रकाश रसाईलीले बताए ।

दुई दिनसम्म चल्ने कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका सांसद, पराजित उम्मेद्वार, प्रदेश सभा सदस्य, स्थानीय जनप्रतिनिधको सहभागिता रहेने रसाईलीले बताए । 

कांग्रेसले समीक्षासंगै आगामी कार्यदिशा पनि तय गर्ने सहमहामन्त्री रसाईलीको भनाई छ । समीक्षा कार्यक्रम विहान १० बजेदेखि धनगढीको सौराई ब्याङ्केटमा हुनेछ । 

प्रकाशित मिति: १०:०० बजे, शनिबार, वैशाख २६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्