Kathmandu Press

प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा पर्‍यो रिट

प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डा. प्रेम सिलवालले शुक्रबार छुट्टाछुट्टै रिट सर्वोच्चमा हालेका हुन्। 
प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा पर्‍यो रिट

काठमाडौं, वैशाख २५ : प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। 

बिहीबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरियतामा रहेका न्यायाधीशक डा.शर्मालाई प्रधानन्याधीशमा सिफारिस गरेको थियो। 

Hardik ivf

प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डा. प्रेम सिलवालले शुक्रबार छुट्टाछुट्टै रिट सर्वोच्चमा हालेका हुन्। 

संवैधानिक परिषद्को निर्णय प्रथम दृष्टिमै संविधानको आधारभूत मर्म विपरीत देखिएको उनीहरुले दाबी गरेका छन्। 

रिटमा संवैधानिक परिषद्को निर्णय यथास्थितिमा राख्न र संसदीय सुनुवाइको प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश माग गरिएको छ।

प्रकाशित मिति: १३:०२ बजे, शुक्रबार, वैशाख २५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्