१५ जना अवैतनिक दूतलाई पदमुक्त गर्ने सरकारको निर्णय
परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जनाए।
काठमाडौं, वैशाख २५ : शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ।
परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जनाए।
यस्तै, बैठकले आगामी २८ गते अपराह्न चार बजे बस्ने संघीय संसद बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय समेत उनले जानकारी दिए।
बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ र १९४७ को नम्बर ८१ अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेका छ।
प्रकाशित मिति: १२:५४ बजे, शुक्रबार, वैशाख २५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार