Kathmandu Press

अष्ट्रेलिया अध्ययनका लागि जुलाई इन्टेकमा भिसा स्वीकृति दर उच्च हुने तथ्य सार्बजनिक

युनि क्याम्पस ग्लोबलका अनुसार जुलाई इन्टेकका लागि आवेदन दिएका विद्यार्थीहरूमा उच्च भिसा स्वीकृति दर हासिल भएको छ । अष्ट्रेलियामा विद्यार्थी भिसा प्राप्त गर्ने प्रक्रिया पछिल्लो समय प्रतिस्पर्धात्मक बन्दै गएको भए पनि राम्रो शैक्षिक प्रोफाइल, पर्याप्त तयारी र सही कागजात भएका विद्यार्थीहरूका लागि अवसर अझै बलियो रहेको युनिक्याम्पस ग्लोबलका प्रमुख कार्यकारी अधिकृत घनश्याम घिमिरेले जानकारी दिए । 
अष्ट्रेलिया अध्ययनका लागि जुलाई इन्टेकमा भिसा स्वीकृति दर उच्च हुने तथ्य सार्बजनिक

काठमाडौं, वैशाख २४ : अष्ट्रेलियामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि जुलाई इन्टेकमा भिसा स्वीकृतिदर उच्च रहेको युनिक्याम्पस ग्लोबलले एक तथ्य सार्वजनिक गरेको छ । 

युनि क्याम्पस ग्लोबलका अनुसार जुलाई इन्टेकका लागि आवेदन दिएका विद्यार्थीहरूमा उच्च भिसा स्वीकृति दर हासिल भएको छ । अष्ट्रेलियामा विद्यार्थी भिसा प्राप्त गर्ने प्रक्रिया पछिल्लो समय प्रतिस्पर्धात्मक बन्दै गएको भए पनि राम्रो शैक्षिक प्रोफाइल, पर्याप्त तयारी र सही कागजात भएका विद्यार्थीहरूका लागि अवसर अझै बलियो रहेको युनिक्याम्पस ग्लोबलका प्रमुख कार्यकारी अधिकृत घनश्याम घिमिरेले जानकारी दिए । 

Hardik ivf

नेपाली विद्यार्थीहरूको अष्ट्रेलियाप्रतिको आकर्षण बढिरहँदा भिसा प्रक्रियामा भने कडाइ गरिएको छ । यसअघि गत मार्चमा २५ प्रतिशत रहेको भिसा स्वीकृति दर बढ्न सक्ने बताईएको छ । घिमिरेका अनुसार सही कागजात, स्पष्ट वित्तीय अवस्था तथा उपयुक्त कोर्श छनोटले भिसा स्वीकृतिमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । युनीक्याम्पस ग्लोबलले जुलाई इन्टेकमा प्राप्त नतिजाले त्यसलाई पुष्टि गरेको जनाएको छ।

शैक्षिक परामर्श क्षेत्रका विज्ञहरूका अनुसार प्रारम्भिक आवेदन अवधिमा, विशेषगरी जुलाईदेखि सेप्टेम्बरसम्म, आवेदन गर्दा भिसा स्वीकृतिको सम्भावना तुलनात्मक रूपमा उच्च हुने देखिन्छ । अष्ट्रेलियाले हाल विद्यार्थी भिसामा वास्तविक विद्यार्थी सम्वन्धीमापदण्डलाई कडाइका साथ लागू गरिरहेको छ, जसअन्तर्गत आवेदकको अध्ययनको वास्तविक उद्देश्य, शैक्षिक योजना तथा आर्थिक तयारीलाई विशेष महत्व दिइन्छ । 

युनिक्याम्पस ग्लोबलले सही मार्गदर्शन र तयारीका साथ अष्ट्रेलियामा अध्ययन गर्ने लक्ष्य अझै सम्भव रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई समयमै योजना बनाउन र योग्य परामर्श लिन आग्रह गरेको छ । 

प्रकाशित मिति: १६:५४ बजे, बिहीबार, वैशाख २४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्