Kathmandu Press

शिक्षासेवी विद्या लिम्बुको निधन

लिम्बु नेपालको प्रतिष्ठित शैक्षिक संस्था लिटिल एन्जल्स एजुकेशन ग्रुपको सह–अध्यक्ष हुनुहुन्थ्यो। नेपालको शिक्षा क्षेत्रलाई गुणस्तरीय र आधुनिक बनाउन उहाँको ठुलो योगदान रहेको छ।
शिक्षासेवी विद्या लिम्बुको निधन

काठमाडाैं, भदाै २७ : लिटिल एन्जल्स स्कुलकी संस्थापक एवं समाजसेवी विद्या लिम्बुको निधन भएको छ।

लामो समय शिक्षा क्षेत्रमा संलग्न शिक्षाप्रेमी लिम्बुको ७९ वर्षको उमेरमा शुक्रवार राति काठमाडौको ग्राण्डी अस्पतालमा निधन भएको हो।

लिम्बु नेपालको प्रतिष्ठित शैक्षिक संस्था लिटिल एन्जल्स एजुकेशन ग्रुपको सह–अध्यक्ष हुनुहुन्थ्यो। नेपालको शिक्षा क्षेत्रलाई गुणस्तरीय र आधुनिक बनाउन उहाँको ठुलो योगदान रहेको छ।

विद्या मिसको रुपमा चिरपरिचित लिम्बुले गरिव तथा जेहन्दार हजारौं विद्यार्थीलाइ छात्रवृत्ति उपलब्ध गराएर शिक्षाको उज्यालो प्रकास छर्नुभएको छ । लिम्बुले लिटिल एन्जल्स स्कुल स्थापना अघि ललितपुरको ज्ञानोदय वालवाटिकामा शिक्षण सेवा समेत गर्नुभएको थियो । वि सं  २००४ सालमा जन्मनुभएकी लिम्बुका एक छोरा र दुई छोरी रहेका छन्।

लिम्बुको आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। लिम्बुको निधनप्रति निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याव्सन र हिसानले गहिरो दुख प्रकट गरेका छन् ।

प्रकाशित मिति: १२:१८ बजे, शनिबार, भदौ २७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्