Kathmandu Press

चिलिमे टनेलमा फसेकाहरुको उद्धार गर्न थप सहज, धमाधम लेदो हटाइँदै

एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम सकेसँगै टनेलभित्र फसेकाहरूको खोजीका उद्धार गर्न सहज भएको हो। 
चिलिमे टनेलमा फसेकाहरुको उद्धार गर्न थप सहज, धमाधम लेदो हटाइँदै

काठमाडौं, भदाै २७ : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोज तथा उद्धार गर्न सहज बन्दै गएको छ । 

एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम सकेसँगै टनेलभित्र फसेकाहरूको खोजीका उद्धार गर्न सहज भएको हो। 

टनेलभित्र फसेकाहरूको खोजीका लागि शनिबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम भइरहेको छ। इन्जिनियर गोकर्ण चौधरीका अनुसार उद्धार टोली अहिले टनेलभित्र प्रवेश गरेर उद्धारलाई निरन्तरता दिएको छ । 

बाढीले थुपारेको बाक्लो लेदो, ढुंगामुढा र कंक्रिट हटाउँदै उद्धार टोलीले टनेलतर्फ जाने बाटो खुलाएसँग उद्धारमा सहज बनेको छ। 

टनेलभित्र फसेका श्रमिक तथा अन्य व्यक्तिहरूको अवस्था पत्ता लगाउन र सुरक्षित उद्धार गर्न टोलीले लगातार भग्नावशेष पन्छाइरहेको छ । 

प्रकाशित मिति: १२:२२ बजे, शनिबार, भदौ २७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्