Kathmandu Press

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगो लगाउने

प्रधानमन्त्री बालेन शाहले बैठक आज अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाएका हुन्।
संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगो लगाउने

काठमाडौं, वैशाख २४ : संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले बैठक आज अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाएका हुन्।

बैठकमा प्रधानन्याधीशको सिफारिसको टुंगो लगाउने विषमा छलफल हुनेछ। 

बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुर सहभगी हुनेछन्।

प्रकाशित मिति: ११:४८ बजे, बिहीबार, वैशाख २४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्