Kathmandu Press

सेवा प्रवाह सुधार्न मातहत निकायलाई शिक्षामन्त्रीको निर्देशन

मन्त्री पोखरेलले सेवाग्राहीका समस्या नागरिकका सरोकार र आम जनतालाई केन्द्रमा राखेर सेवा प्रणालीलाई सरल, सहज र परिणाममुखी बनाउन जोड दिएका हुन्।
सेवा प्रवाह सुधार्न मातहत निकायलाई शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, वैशाख २४ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जनतालाई आशातीत तुल्याउने गरी सेवा प्रवाह चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन मातहत निकायलाई निर्देशन दिएका छन्।

आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सेवाग्राहीका समस्या नागरिकका सरोकार र आम जनतालाई केन्द्रमा राखेर सेवा प्रणालीलाई सरल, सहज र परिणाममुखी बनाउन जोड दिएका हुन्।

Hardik ivf

सरकारको प्रवक्तासमेत रहनुभएका मन्त्री पोखरेलले वर्तमान सरकारले नीतिगत तथा संरचनागत सुधारमार्फत सुशासन प्रवद्र्धन गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा काम गरिरहेको बताए। उनले सबै निकायलाई वार्षिक योजना तथा कार्यक्रम लक्ष्यअनुसार सम्पन्न गरी विकास र आर्थिक समृद्धिको लक्ष्यमा योगदान पुर्याउन आग्रह गरे।

बैठकमा प्रस्तुत विवरण अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ६४ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ भने भौतिक प्रगति ७० प्रतिशत भन्दामाथि पुगेको छ।

समीक्षा अवधिमा सञ्चालनमा रहेका कार्यक्रमहरूको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको र निर्धारित समयभित्र लक्ष्य हासिल हुने अपेक्षा गरिएको निष्कर्ष निकालिएको छ।

मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख एवं सहसचिव शिवकुमार सापकोटाले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने विभिन्न निकायका प्रमुखहरूले आ–आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए।

तीन महिनामा लक्षित कार्यक्रमहरूको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको र आर्थिक वर्षभित्र वार्षिक रूपमा लक्षित कार्यक्रम पुरा हुने क्रममा रहेको बैठकले निष्कर्ष निकालेको छ।

बैठकमा राष्ट्रिय योजना आयोगका प्रतिनिधि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी तथा मन्त्रालय मातह विभिन्न निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: ११:४५ बजे, बिहीबार, वैशाख २४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्