Kathmandu Press

दीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

विशेष अदालत काठमाडौँका सदस्य न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य जारी राख्न दुवै प्रतिवादीलाई थुनामा राख्ने अनुमति दिएको हो।
दीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, वैशाख २३ : सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) तथा सम्बद्ध कसूरको अनुसन्धानका लागि पक्राउ परेका प्रतिवादीहरू दिपक भट्ट र शुलभ अग्रवालको म्याद पुनः थप गरिएको छ। 

विशेष अदालत काठमाडौँका सदस्य न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य जारी राख्न दुवै प्रतिवादीलाई थुनामा राख्ने अनुमति दिएको हो।

Hardik ivf

अदालतको आदेश अनुसार, प्रतिवादी दिपक भट्टको हकमा आज पाँचौँ पटक १२ (बाह्र) दिनको म्याद थप गरिएको छ। त्यसैगरी, अर्का प्रतिवादी शुलभ अग्रवालको हकमा छैटौँ पटक १२ (बाह्र) दिनको म्याद थप भएको छ । यो म्याद थप मिति २०८३ साल वैशाख २३ गतेदेखि लागू हुने गरी प्रदान गरिएको हो।

अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ मा हालै भएको संशोधन र नयाँ अध्यादेशले गरेको कानुनी व्यवस्थालाई ध्यानमा राख्दै यो निर्णय लिइएको देखिन्छ। सरकारी वकीलको राय प्रतिवेदन तयार पार्ने, अभियोजन कार्य र केन्द्रीय अनुसन्धान ब्यूरो बाट भइरहेको सम्बद्ध कसूरतर्फको अनुसन्धान अझै बाँकी रहेकाले थप समय माग गरिएको थियो।

संयुक्त अनुसन्धान टोलीले मुद्दाको गम्भीरता र प्रमाण संकलनको प्रक्रियालाई मध्यनजर गर्दै अनुसन्धान तहकिकात कार्य अगाडि बढाइरहेको छ। विशेष अदालतको प्रशासन शाखाका अनुसार, ऐनको दफा १७ को उपदफा (४) बमोजिम प्रक्रिया पुर्याएर अनुसन्धानका लागि यो म्याद थपको आदेश जारी गरिएको हो।

प्रकाशित मिति: १६:५० बजे, बुधबार, वैशाख २३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्