Kathmandu Press

इन्टरपोलले भन्यो– अहिलेकै अवस्थामा देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न सकिँदैन

देउवा दम्पतीविरुद्ध सम्बद्ध  कसुर नदेखिएको र रेड नोटिसका लागि आवश्यक सर्तहरू नपुगेको भन्दै इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेको हो।
इन्टरपोलले भन्यो– अहिलेकै अवस्थामा देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न सकिँदैन

काठमाडाैं, वैशाख २३ : इन्टरपोलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नीसमेत आरजु राणा देउवाविरुद्ध अहिलेकै अवस्थामा रेड नोटिस जारी गर्न नसकिने बताएको छ। 

देउवा दम्पतीविरुद्ध सम्बद्ध  कसुर नदेखिएको र रेड नोटिसका लागि आवश्यक सर्तहरू नपुगेको भन्दै इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेको हो। सरकार देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा जिल्ला अदालत काठमाडौंले २४ चैत २०८२ मा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि विभागले पक्राउ पुर्जीपत्र र अनुसन्धान भइरहेको कसुर उल्लेख गरी रेड नोटिस जारीको प्रक्रिया अघि बढाउन प्रहरीमार्फत इन्टरपोललाई अनुरोध गरेको थियो। 

प्रकाशित मिति: १३:५६ बजे, बुधबार, वैशाख २३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्