रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ १३ : रौतहटमा थप २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा पाइएको संक्रमित मध....

काठमाडौं, जेठ १३ : रौतहटमा थप २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा पाइएको संक्रमित मध्ये २२ जना रौतहटका रहेका छन् ।
जसमध्ये गौर नगरपालिकाका ८ जना ४ देखि ४० वर्षसम्मका ७ पुरुष १ महिला रहेका छन्।
देवाही बुनाही नगरपालिका र धर्राही बुनाहीका ६ जनामा संक्रमण देखिएको छ। जसमा १८ देखि ४१ वर्ष पुरुष रहेका छन् ।
त्यस्तै, करुनिया नगरपालिका १ र ४ का ६ जनामा कोरोना संक्रमण देखिएको छ। जसमा २६ देखि ४८ पुरुष रहेका छन् ।
रौतहटकै राजदेवी नगरपालिका १ जना २२ वर्षीय पुरुषमा संक्रमण देखिएको छ।
गरुडा नगरपालिका १ जना २४ वर्षीया पुरुषमा संक्रमण भएको पाइएको छ।











