Kathmandu Press

८ अध्यादेश ल्याएपछि संघीय संसद अधिवेशन आह्वान गर्न सरकारले गर्‍यो राष्ट्रपतिसमक्ष सिफारिस

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेका लागि बैठक आह्वानको सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
८ अध्यादेश ल्याएपछि संघीय संसद अधिवेशन आह्वान गर्न सरकारले गर्‍यो राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं, वैशाख २१ : सरकारले संघीय संसद्को दुवै सदनको बैठक वैशाख २८ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेका लागि बैठक आह्वानको सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

‘आज एउटा मात्रै महत्वपूर्ण निर्णय भएको छ। वैशाख २८ गते दिनको २ बजे संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको छ,’ उनले भने।

यसअघि वैशाख १७ गतेका लागि आह्वान गरिएको संसद बैठक स्थगित गरिएको थियो। संसद बैठक स्थगित गरेर सरकारले ८ अध्यादेश ल्याएको थियो।

प्रकाशित मिति: १६:०० बजे, मंगलबार, वैशाख २२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्