Kathmandu Press

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

राष्ट्रपति पौडेलले सरकारले सिफारिस गरेका ८ मध्ये ७ अध्यादेश जारी गर्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए। 
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

काठमाडौं, वैशाख २२ : राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्। 

सरकारले जारी गर्न पुनः राष्ट्रपतिसमक्ष सोमबार सिफारिस गरेको अध्यादे राष्ट्रपति पौडेलले मंगलबार जारी गरेका हुन्। 

राष्ट्रपति पौडेलले सरकारले सिफारिस गरेका ८ मध्ये ७ अध्यादेश जारी गर्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए। 

सो अध्यादेश सोमबारको मन्त्रिपरिषद बैठकले जस्ताकोतस्तै जारी गर्न पुनः राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। 

अध्यादेशमा संवैधानिक परिषद्को बैठकमा ४ जना सदस्य उपस्थित भए पुग्ने र उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ।
 
प्रकाशित मिति: १३:०२ बजे, मंगलबार, वैशाख २२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्